देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

२०७८, फाल्गुण १८ बुधवार

  • 977
    SHARES

  • देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

    काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 
     
    आज राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।  

    २०७८, फाल्गुण १८ बुधवार०६:५५:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार