सुदूरपश्चिमका केही र बाँकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना

सुदूरपश्चिमका केही र बाँकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना

२०७८, फाल्गुण १९ बिहिवार

  • 993
    SHARES

  • सुदूरपश्चिमका केही र बाँकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । केही भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका कही र बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    सुदूरपश्चिम, कर्णाली र प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ । 
     
    आज राति देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

    देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सफा रहनेछ पूर्वानुमान छ । 

    २०७८, फाल्गुण १९ बिहिवार०७:१३:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार