मौसम पूर्वानुमान : पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान : पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

२०७८, फाल्गुण २० शुक्रवार

  • 1.1K
    SHARES

  • मौसम पूर्वानुमान : पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ । तराईमा मौसम सामान्यतया सफा देखिन्छ ।

    दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

    राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    शनिबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहने आँकलन गरिएको छ । 

    २०७८, फाल्गुण २० शुक्रवार०७:२८:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार