नेपाल एयरलाइन्सले पायो साउदी अरेबियामा उडानको अनुमति

नेपाल एयरलाइन्सले पायो साउदी अरेबियामा उडानको अनुमति

२०७८, फाल्गुण २३ सोमवार

  • 825
    SHARES

  • नेपाल एयरलाइन्सले पायो साउदी अरेबियामा उडानको अनुमति

    काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा उडान अनुमति पाएको छ ।

    सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।

    साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ ।

    निगमले अप्रिल २०२२ देखि नै व्यावसायिक योजना अनुरुप काठमाडौँ–रियाद–काठमाडौँ सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने समेत जनाएको छ । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरे पनि अनुमति पाएको थिएन ।

    २०७८, फाल्गुण २३ सोमवार०७:०७:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार