ब्याजदर घटाउँदै वाणिज्य बैंक

ब्याजदर घटाउँदै वाणिज्य बैंक

२०७९, पौष २८ बिहिवार

  • 1.0K
    SHARES

  • ब्याजदर घटाउँदै वाणिज्य बैंक

    काठमाडौँ । वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने भएका छन् । 

    बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि बैंकहरूले एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको सङ्घले जनाएको छ ।

    हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५ दशमलव ३३३ प्रतिशतसम्म ब्याज रहेको छ । 

    माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।

    बैंकर्स सङ्घको अध्यक्षमा  केसी
    बैंकर्स सङ्घको अध्यक्षमा सुनिल केसी चयन हुनुभएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनुभएको हो ।

    बुधबार सम्पन्न विशेष साधारणसभाले नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मतरूपमा चयन गरेको हो । यसअघि प्रमुख कार्यकारी अधिकृत केसी सङ्घको उपाध्यक्ष रहनुभएको थियो । यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै सङ्घको अध्यक्ष पद खाली भएको थियो ।

    प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि सङ्घको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था रहेको छ । नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स सङ्घको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चयन हुनुभएको छ ।

    यसैगरी सङ्घको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका  अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका  दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसिया बैंकका  रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकको सुदेश खालिङ र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा हुनुहुन्छ ।

    २०७९, पौष २८ बिहिवार०२:३५:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार