रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

२०८१, कार्तिक १० शनिवार

  • 733
    SHARES

  • रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

    बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    बैठकमा विशेषगरी पार्टीले गरिरहेको आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेमा केन्द्रित रहने बताइएको छ।

    त्यसका अतिरिक्त समसामयिक राजनीति तथा आगामी कार्ययोजना तय गर्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

    पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौँमा आन्दोलन सुरु गरेको छ ।

    २०८१, कार्तिक १० शनिवार१०:२८:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार