नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको छः विप्लव

नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको छः विप्लव

२०८१, पौष २१ आइतवार

  • 705
    SHARES

  • नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको छः विप्लव

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका छन्।

    शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन्।

    उनले देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गरे। उनले अहिलेको पार्टीको एकता सुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकताका अभियानहरु बढ्दै जाने उल्लेख गरे।

    उनले भने, ‘हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौँ। एकचोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्नेकुरा हामीले राखेका छौँ।’

    उनले आफूहरुको एकता कुनै दरबार खान, टिस्टेट खान र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउनका लागि नभएको बताए। उनले नेपाली नेताहरुले विदेशमा टनाटन पैसा पठाएको उनको आरोप छ।

    २०८१, पौष २१ आइतवार०९:०६:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार