निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

२०७८, आषाढ ६ आइतवार

  • 1.8K
    SHARES

  • निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

    किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् ।

    धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।

    कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।- रासस ।

    २०७८, आषाढ ६ आइतवार०७:०७:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार