मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा एक महिनाको पारिश्रमिक राहतकोषमा जम्मा

मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा एक महिनाको पारिश्रमिक राहतकोषमा जम्मा

२०७८, आषाढ ६ आइतवार

  • 1.5K
    SHARES

  • मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा एक महिनाको पारिश्रमिक राहतकोषमा जम्मा

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

    शनिबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिए । 

    कोषमा वडाध्यक्ष चौलागाईंले रु २६ हजार ७३० जम्मा गर्नेछन् । कार्यपालिका सदस्य सावित्री कार्कीले रु १२ हजार ८७० तथा वडा सदस्यसरू भीमसेन खतिवडा, खम्बासिं तामाङ र शान्ति नेपालीले प्रतिव्यक्ति रु नौ हजार ९०० कोषमा जम्मा गर्नेछन् ।

    यही असार १ गते राति मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले मेलम्चीको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पुर्याएको छ ।

    २०७८, आषाढ ६ आइतवार०८:३६:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार