भण्डारी जन्मजयन्तीमा रक्तदान

भण्डारी जन्मजयन्तीमा रक्तदान

२०७८, आषाढ १५ मंगलवार

  • 1.1K
    SHARES

  • भण्डारी जन्मजयन्तीमा रक्तदान

    मध्यपुरथिमि । नेकपा(एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा भक्तपुरमा ४१ जनाले रक्तदान गरेका  छन् । सूर्यविनायकमा मदन स्पोर्टस एकेडेमीले आयोजना गरेको रक्तदान कार्यक्रममा दुई महिलासहितले रक्तदान गरेका हुन् ।  

    कार्यक्रममा एमाले जिल्ला अध्यक्ष वचन देउजा, केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले  भण्डारीको तस्वीरमा माल्यार्पण एवं पुष्पगुच्छा अर्पण गर्दै उनको योगदानको स्मरण गरेका थिए ।

    २०७८, आषाढ १५ मंगलवार०६:५८:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार