काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८८९ जना र ४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १,००३ जना गरी जम्मा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा संक्रमणदर २६ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ५७२ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ३ हजार ५९७ रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३ हजार १७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।