सुनारविरुद्ध आयोगमा उजुरी

सुनारविरुद्ध आयोगमा उजुरी

२०७८, आषाढ १६ बुधवार

  • 1.0K
    SHARES

  • सुनारविरुद्ध आयोगमा उजुरी

    काठमाडौँ । दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लागेकी बबरमहल निवासी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा रूपा सुनारविरुद्ध उजुरी दिएकी छन् ।   

    घरधनी प्रधानले सुनारसँगै कोठा खोज्न आफ्नो घरमा आएका सुष्मा राई र सिर्जना राईलाई पनि विपक्षी बनाई उजुरी दिएकी हुन् ।

    उजुरीमा कोभिड १९ को महामारीमा समयमा सरकारले गरेको निषेधाज्ञा उल्लघंन गरी पिसीआर रिपोर्टबिना माहामारी फैलाउने गरी मानवताविरोधी अपराध गरेको, कोठाको आवश्यकता नै नभएको अवस्थामा आपराधिक कार्यका लागि कोठा खोज्दै हिँडेको र घरबेटीको मञ्जुरीविना फोन रेकर्ड गरेको उजुरीमा छ ।

    आयोगका प्रवक्ता डा टीकाराम भट्टराइले सरस्वतीको उजुरी आयोगमा आएको र त्यसबारेमा अध्ययन गरी आयोगले छिट्टै धारणा बनाउने जानकारी दिए । 

     

     

    २०७८, आषाढ १६ बुधवार१०:३९:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार