कोरोना अपडेट : थप २,२९९ जनामा संक्रमण, ३४ को मृत्यु

कोरोना अपडेट : थप २,२९९ जनामा संक्रमण, ३४ को मृत्यु

२०७८, आषाढ १८ शुक्रवार

  • 881
    SHARES

  • कोरोना अपडेट : थप २,२९९ जनामा संक्रमण, ३४ को मृत्यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २,२९९ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३४५१ रहेको छ । कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

    यस्तै मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    २०७८, आषाढ १८ शुक्रवार०५:०९:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार