नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

२०७८, आषाढ १९ शनिवार

  • 917
    SHARES

  • नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

    चितवन । निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । 
     
    विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान ९ः१० बजेदेखि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने क्रम शुरु भएको छ । चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो ।

    सो सडक क्षेत्रमा बिहीबारदेखि पटक पटक पहिरो खस्ने र पन्छाउने कार्य जारी छ । पहिरोका कारण बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन् ।

    २०७८, आषाढ १९ शनिवार१२:३२:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार