कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा सहसचिव रमेशकुमार केसी

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा सहसचिव रमेशकुमार केसी

२०७८, पौष ६ मंगलवार

  • 1.3K
    SHARES

  • कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा सहसचिव रमेशकुमार केसी

    काठमाडौँ । कृषि विकास बैङ्क सञ्चालक समितिको अध्यक्षमा सहसचिव रमेशकुमार केसी नियुक्त भएका छन् ।

    अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख केसीलाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अध्यक्षमा शपथ ग्रहण गराएका हुन् ।

    शपथ कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गर्भनरहरु डा। निलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैङ्क नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैङ्कका बोर्ड सचिव मुक्ति प्रसाद सापकोटा, कृषि विकास बैङ्कका सञ्चालक समिति सदस्य सञ्जीव पौडेल, डा।इन्दिरा मास्के श्रेष्ठ, बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल उपस्थित रहेका थिए ।

    नवनियुक्त अध्यक्ष केसी अनुभवी र कुशल प्रशासकका रूपमा चिनिन्छन् । -प्रशासन

    २०७८, पौष ६ मंगलवार०७:३९:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार