खोटाङको रावाबेँसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

खोटाङको रावाबेँसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

२०७८, पौष ७ बुधवार

  • 1.2K
    SHARES

  • खोटाङको रावाबेँसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

    खोटाङ । रावाबेँसी गाउँपालिकाको केन्द्र हरमटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । 

    हालसम्म दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासनिक भवनमा उक्त कार्यालय सञ्चालनमा ल्याएको हो ।

    हरमटारस्थित गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनमा स्थापना गरिएको वाणिज्य बैंकको शाखा कार्यालय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मङ्गलबार संयुक्तरूपमा उद्घाटन गरे ।  

    सो अवसरमा अध्यक्ष रेग्मीले जनमैत्री सेवा प्रवाह गर्न राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक तथा कर्मचारीलाई आग्रह गरे ।  

    हरमटारमै बैंकको शाखा कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सहज भएको छ । यसअघि ६ घण्टा पैदलयात्रा गरी सेवा उपभोग गर्न दिक्तेल बजार धाउनुपर्ने बाध्यता थियो ।

    दश स्थानीय तह रहेको जिल्लामा योसहित हाल पाँच शाखा सञ्चालनमा छन् । योसँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको सङ्ख्या २५७ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । 

    २०७८, पौष ७ बुधवार१२:२०:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार