प्रतितोला रु ४०० ले घट्यो सुन

प्रतितोला रु ४०० ले घट्यो सुन

२०७८, पौष ७ बुधवार

  • 1.1K
    SHARES

  • प्रतितोला रु ४०० ले घट्यो सुन

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ ।

    पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ यसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार २४५ पुगेको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतार चढावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।

    २०७८, पौष ७ बुधवार१२:३१:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार