कारोबार र अङ्क दुवैमा सामान्य वृद्धि भयो नेप्से, बढ्यो ५.५ अङ्क

कारोबार र अङ्क दुवैमा सामान्य वृद्धि भयो नेप्से, बढ्यो ५.५ अङ्क

२०७८, पौष १४ बुधवार

  • 1.1K
    SHARES

  • कारोबार र अङ्क दुवैमा सामान्य वृद्धि भयो नेप्से, बढ्यो ५.५ अङ्क

    काठमाडौँ । आज बुधबार सेयर बजारको परिसूचक नेप्से ५.५ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिसँगै नेप्से २५२४ अङ्कमा पुगेको छ ।

    उतारचढावकै बीचमा दिउँसो १२:४ बजेसम्म नेप्से २५३८ अङ्कसम्म पुगेको थियो । दिनभर कुल ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको हो ।

    बैङ्किङ ०.७६, होटल तथा पर्यटन १७, जलविद्युत २, उत्पादन ५७, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा २५१ र अन्य उपसमूह १९ अङ्कले बढे । त्यस्तै व्यापार १३, विकास बैङ्क २९, फाइनान्स ४, जीवन बीमा ७१ अङ्कले घटे ।

    मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । नेपाल बङ्गलादेश बैङ्कको मूल्य ९ प्रतिशतले बढ्यो । कारोबारका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो । नारायणी डेभलपमेन्टको मूल्य सबैभन्दा धेरै ३.३ प्रतिशतले घट्यो ।

    २०७८, पौष १४ बुधवार०४:२२:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार