सुन चाँदीको मूल्य घट्यो 

सुन चाँदीको मूल्य घट्यो 

२०७८, पौष १५ बिहिवार

  • 945
    SHARES

  • सुन चाँदीको मूल्य घट्यो 

    काठमाडौ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार १०० तोकिएको छ ।

    अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ ।

    बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार तोकिएको थियो ।
     
    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ घटेर रु एक हजार २४५ पुगेकोे महासङ्घले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ ।

    २०७८, पौष १५ बिहिवार०१:३८:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार