शिक्षक हित सहकारीको अध्यक्षमा शुक्र थापा निर्वाचित

शिक्षक हित सहकारीको अध्यक्षमा शुक्र थापा निर्वाचित

२०७८, पौष २५ आइतवार

  • 4.2K
    SHARES

  • शिक्षक हित सहकारीको अध्यक्षमा शुक्र थापा निर्वाचित

    ललितपुर । शिक्षक हित साकोसको १३औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

    ललितपुरमा सम्पन्न उक्त साधारण सभाले शुक्र थापालाई आगामी ४ वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । उनी यस अघि उपाध्यक्ष रहेका थिए । 

    त्यसै गरि उपाध्यक्षमा गिरीप्रसाद तिमल्सिना, सचिवमा दीपकराज थापा, सह सचिव रमेश ज्ञवाली र कोषाध्यक्षमा रमेशकुमार रिजाल निर्वाचित भए भने सदस्यहरुमा सुरेन्द्रकुमार घिमिरे, प्रकाश घिमिरे, राजकुमार घिमिरे (बागमती), कुमारी इन्दु शर्मा, उषाबदन स्थापित र इभा दाहाल निर्वाचित भएका छन् ।

    त्यस्तै, लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा जनार्दन आचार्य र सदस्यहरुमा लक्ष्मीप्रसाद तिमल्सिना र समा महर्जन निर्वाचित भएका आयोजकले बताए ।  

    संस्थाले साधारण सभाको अवसर पारेर ६० वर्ष उमेर पुगेका जेष्ठ सेयर सदस्य र एम फिल गर्ने सेयर सदस्यलाई प्रमुख अतिथि रहेका ईआई एपिआरका संचालक सदस्य तथा पेशागत महासंघका ईन्चार्ज एवं नेकपा एमालेका केन्द्रीय सदस्य बाबुराम थापाको हातबाट सम्मान गरेको थियो । कार्यक्रमको अध्यक्षता हरिदेव यादवले गरेका थिए । 

    शिक्षकहरुको अग्रसरतामा २०६५ सालमा ललितपुरमा स्थापित उक्त संस्थामा हालसम्म १८३४ जना शिक्षक सदस्य रहेका छन् भने गत असार मसान्तसम्मको कारोवार करिब ५० करोड रहेको जनाईएको छ ।

    सरकारले शिक्षक हित साकोसलाई नमुना सहकारीको रुपमा समेत लिने गरेको छ । 

    २०७८, पौष २५ आइतवार१०:०१:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार