सहकारी बैंकले ४० लाख जनतालाई सेवा प्रदान

सहकारी बैंकले ४० लाख जनतालाई सेवा प्रदान

२०७८, पौष २८ बुधवार

  • 861
    SHARES

  • सहकारी बैंकले ४० लाख जनतालाई सेवा प्रदान

    मोरङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले नेपालभर १४ हजारभन्दा बढी सहकारी सङ्घसंस्थामार्फत ४० लाख जनतालाई प्रत्यक्षरूपमा सेवा पुर्याउँदै आएको छ ।

    सरकारी बैंक लिमिटेडका प्रदेश नं १ को १८औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए ।

    उनले बैंकले आव २०७७/७८ मा रु ६६ अर्ब ३४ करोड निक्षेप सङ्कलन गरी ३५ अर्ब ९१ करोड कर्जा प्रवाद गर्दै कूल ७१ अर्ब ६८ करोड कारोबार गरेको बताए ।

    बैंकले स्थानीय निकायमा रहेको सहकारीमार्फत ग्रामीण क्षेत्रका जनतालाई आयआर्जन तथा स्वरोजगार निर्माण गर्न मुख्य उद्देश्यले पूँजी वृद्धि तथा तरलता कायम गर्न कार्य गरिरहेको प्रष्ट पारे ।

    सञ्चालक समितिका सदस्य सरिता भट्टराईले स्थानीय निकायको सहयोगमा बैंकले सहकारीमार्फत विपन्न जनताको ‘गरिबी न्यूनीकरण’ कार्यक्रमअन्तर्गत स्वदेशी र स्थानीय कच्चा पदार्थको प्रयोगले स्थानीय उत्पादनलाई खरिद गरी स्थानीय अर्थतन्त्र विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्य अगाडि बढाइरहेको जानकारी दिए ।

    बैंकका सूचना सदस्य डिल्ली पोखरेलले स्वास्थ्य मापदण्ड अपनाएर साधारणसभा गर्ने बताए । सभामा प्रदेशका दुई हजार २५७ सहकारी संस्थाको सहभागिता हुनेछ ।

    २०७८, पौष २८ बुधवार०७:५३:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार