चितवन । कालिका पावर कम्पनीको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज चितवनको भरतपुरमा सम्पन्न वार्षिक साधारणसभाले कम्पनीका शेयर होल्डरहरुलाई १५ प्रतिशत शेयर लाभांश प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कालिकाले स्थापनाको पाँच वर्षपछि १५ प्रतिशत शेयर लाभांश वितरण गरेको हो ।
गोरखाको अजिरकोट गाउँपालिकामा दरौँदी खोलाबाट ६ मेघावाट विद्युत् उत्पादन गर्दै आएको कालिका पावरले उत्पादन सुरु गरेको पाँच वर्षपछि यस वर्ष पहिलो पटक शेयर लाभांश वितरण गरेको हो ।
कम्पनीले ६० करोड पुँजीको १५ प्रतिशत हुन आउने रकमको नौ करोड बराबरको शेयर लाभांश प्रदान गरेको छ ।