राष्ट्रिय वाणिज्य बैङ्कको नाफा ६ महिनामा १० प्रतिशत वृद्धि

राष्ट्रिय वाणिज्य बैङ्कको नाफा ६ महिनामा १० प्रतिशत वृद्धि

२०७८, माघ ८ शनिवार

  • 753
    SHARES

  • राष्ट्रिय वाणिज्य बैङ्कको नाफा ६ महिनामा १० प्रतिशत वृद्धि

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले ६ महिनामा करिब १० प्रतिशतले नाफा बढाएको छ । बैङ्कले ६ महिनामा १ अर्ब ९१ करोड नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष ६ महिनामा बैङ्कको नाफा १ अर्ब ७४ अर्ब करोड थियो ।

    बैङ्कको निक्षेप भने एक वर्षमा घटेको छ । अघिल्लो वर्ष २ खर्ब ६३ अर्ब रहेको निक्षेप यस वर्ष २ खर्ब ४२ अर्बमा झरेको छ । तर निक्षेप घटे पनि अघिल्लो वर्ष १ खर्ब ७७ अर्ब रहेको कर्जा १ खर्ब ९५ अर्बमा पुगेको छ ।

    निक्षेप घटेको तथा कर्जा बढेकोले बैङ्कको कर्जा निक्षेप अनुपात ८५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ६५ प्रतिशत रहेको थियो ।

    २०७८, माघ ८ शनिवार०८:४८:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार