पेट्रोलको मूल्य अहिलेसम्मकै बढी

पेट्रोलको मूल्य अहिलेसम्मकै बढी

२०७८, माघ १९ बुधवार

  • 1.0K
    SHARES

  • पेट्रोलको मूल्य अहिलेसम्मकै बढी

    काठमाडौँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हिजो राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो ।
     
    योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
     
    निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पुर्याएको छ ।
     
    त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पुर्याइएको छ ।

     

    २०७८, माघ १९ बुधवार०७:०४:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार