पेट्रोलियम पदार्थको मूल्य बुद्धिसँगै आन्तरिक हवाई उडानको भाडा दरमा वृद्धि

पेट्रोलियम पदार्थको मूल्य बुद्धिसँगै आन्तरिक हवाई उडानको भाडा दरमा वृद्धि

२०७८, माघ २२ शनिवार

  • 1.1K
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य बुद्धिसँगै आन्तरिक हवाई उडानको भाडा दरमा वृद्धि

    काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै आन्तरिक हवाई उडानको भाडा दरमा पनि वृद्धि भएको छ ।

    नेपाल वायुसेवा सञ्चालक सङ्घले शुक्रवारबाट लागूहुनेगरी भाडा बढाएको हो ।

    सङ्घले एक सय पाँच रुपैयाँदेखि चार सय ४५ सम्म वृद्धि गरेको सङ्घले जनाएको छ ।

    हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार सङ्घले प्रयोग गरेको हो ।

    बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढीको चार सय ४५ रुपैयाँ रहेको छ । यस्तै काठमाडौँ–विराटनगर दुई सय ४०, , काठमाडौँ–नेपालगन्ज तीन सय २५, काठमाडौँ–पोखरा एक सय ६०, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भरतपुर एक सय पाँच रुपैयाँ बढेको सङ्घले जनाएको छ ।

    यस्तै माउन्टेन फ्लाइटको भाडा दर तीन सय ४५ रुपैयाँले बढेको छ ।

    पछिल्लो पटक नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।

    २०७८, माघ २२ शनिवार०८:३१:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार