पशुपतिनाथ लगाएतका मठ मन्दिर प्रवेशमा खुला

पशुपतिनाथ लगाएतका मठ मन्दिर प्रवेशमा खुला

२०७८, माघ २४ सोमवार

  • 1.4K
    SHARES

  • पशुपतिनाथ लगाएतका मठ मन्दिर प्रवेशमा खुला

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरूले नयाँ आदेश जारी गरेका छन् । कोरोना संक्रमणदर घट्दै गएको अवस्थामा यसअघिको प्रावधानमा खुकुलो गरिएको हो ।

    आइतबार मध्यराति १२ बजेदेखि नयाँ आदेश लागु भइसकेको छ । नयाँ आदेशले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एकपटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्नरगराउन सकिने जनाएको छ । 

    नयाँ आदेशसँगै सवारीसाधनको जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाइएको छ ।

    २०७८, माघ २४ सोमवार०९:२५:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार