भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११:०७ बजे

भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११:०७ बजे

२०८३, कार्तिक १८ मंगलवार

  • 193
    SHARES

  • भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११:०७ बजे

    काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

    समितिका अनुसार भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। टीका लगाउँदा दाजुभाइ पश्चिम फर्कनुपर्ने र दिदीबहिनीहरू पूर्व फर्केर टीका लगाइदिनुपर्ने समितिले जनाएको छ।

    यस वर्षको तिहार कार्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ। समितिका अनुसार कार्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान गरिनेछ।

    त्यसैगरी, कार्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ। कार्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा तथा सुखरात्रि परेको छ।

    यसैगरी, कार्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कार्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुने पनि समितिले जनाएको छ।

    तिहारको अन्तिम दिन कार्तिक २५ गते बुधबार भाइटीका परेको छ।

    २०८३, कार्तिक १८ मंगलवार०७:४७:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार