सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ त कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ त कारोबार ?

२०७८, माघ २५ मंगलवार

  • 1.0K
    SHARES

  • सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ त कारोबार ?

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ६००मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार १०० थियो ।
     
    यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।

    २०७८, माघ २५ मंगलवार१२:२२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार