राष्ट्र उत्थान लघुवित्तले फागुन ४ देखि साढे आठ लाख कित्ता आईपीओ निष्कासन गर्दै

राष्ट्र उत्थान लघुवित्तले फागुन ४ देखि साढे आठ लाख कित्ता आईपीओ निष्कासन गर्दै

२०७८, माघ २५ मंगलवार

  • 973
    SHARES

  • राष्ट्र उत्थान लघुवित्तले फागुन ४ देखि साढे आठ लाख कित्ता आईपीओ निष्कासन गर्दै

    काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी फागुन ४ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

    लघुवित्तले जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

    कम्पनीले प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँका दरले साधारण सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।

    त्यस्तै, १३ हजार कित्ता संस्थाका कर्मचारीलाई सुरक्षित गदै सात लाख ९४ हजार ५० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको कम्पनीले जनाएको छ ।

    उक्त आईपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको सङ्केत गर्छ ।

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

    हाल १७ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ बाँडफाँडपश्चात् २६ करोड चुक्ता पुँजी पुग्नेछ ।- प्रशासन

    २०७८, माघ २५ मंगलवार१२:२७:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार