इमर्जिङ्ग नेपालको आईपीओ आजबाट बिक्री खुला, कति भर्ने ?

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट बिक्री खुला, कति भर्ने ?

२०७८, माघ २६ बुधवार

  • 781
    SHARES

  • इमर्जिङ्ग नेपालको आईपीओ आजबाट बिक्री खुला, कति भर्ने ?

    काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आजबाट आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको जनाएको छ । 

    ५ लाख ५५ हजार कित्ता शेयरमध्ये सर्वसाधारणले ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । ११ हजार ११२ कित्ता कर्मचारीलाई र २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरेको छ । 

    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

    आवेदन सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरोशेयर वेबसाइट तथा एपमार्फत  दिन सकिनेछ । 

    क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई डबल बि प्लस रेटिङ प्रदान गरेको छ । यो समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत हो । 

    २०७८, माघ २६ बुधवार०८:०५:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार