विद्युतीय माध्यमबाट पाँच लाखसम्म कर्जा दिन पाउने

विद्युतीय माध्यमबाट पाँच लाखसम्म कर्जा दिन पाउने

२०७८, माघ २९ शनिवार

  • 1.0K
    SHARES

  • विद्युतीय माध्यमबाट पाँच लाखसम्म कर्जा दिन पाउने

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकलाई विद्युतीय माध्यमबाट कर्जा (ऋण) दिन पाउने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले हिजो विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेण्डिङ) सम्बन्धी मार्गदर्शन जारी गर्दै सो व्यवस्था लागू गरेको हो ।

    राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमबाट बढीमा पाँच लाखसम्म कर्जा दिन पाउने भएका छन् ।

    बैंक तथा वित्तीय संस्थामा रहेको तलबी, पेशागत वा व्यावसासिक खाता भएका ग्राहकले मात्र सो सेवा पाउँनेछन् ।

    सो कर्जा प्रदान गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरूले बेग्लै वेबसाइट (पोर्टल) बनाएर सोही माध्यमबाट निवेदनलगायत आवश्यक कागजपत्र लिनुपर्नेछ ।

    कर्जा स्वीकृत भए नभएको जानकारी पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई डिजिटल माध्यमबाट नै दिनुपर्नेछ । डिजिटल माध्यमबाट लिइएको कर्जा बढीमा तीन वर्षभित्र तिरी सक्नुपर्नेछ ।

    सो कर्जा एकैपटक वा किस्ताबन्दी रुपमा तिर्न पाइने सुविधा राखिएको छ ।

    २०७८, माघ २९ शनिवार०८:३६:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार