सेयर बजारमा पहिरो, १०१ अंकले घट्यो नेप्से

सेयर बजारमा पहिरो, १०१ अंकले घट्यो नेप्से

२०७८, फाल्गुण १ आइतवार

  • 2.2K
    SHARES

  • सेयर बजारमा पहिरो, १०१ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा पहिरो गएको छ । राजनीतिक तरंग र व्याज बृद्धिका कारण आज १०१.२४ अंकले सेयर बजार घटेको छ । ३.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७००.२८ झरेको हो ।

    २ सय २७ वटा कम्पनीको १ करोड १६ लाख ६१ हजार ६६९ कित्ता सेयर खरिदबिक्री भएको छ । आज ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार रूपैयाँको सेयर किनबेच भएको हो ।

    सबैभन्दा धेरै अपर तामाकोशीका सेयर घटेको छ । कारोबार भने सबैभन्दा धेरै भएको छ । सेयर मूल्य ८.३७ प्रतिशतले घट्दा पनि अपर तामाकोशीको ३२ करोड ८४ लाख ८ हजार ९ सय रुपैयाँको सेयर कारोबार भयो ।

    २०७८, फाल्गुण १ आइतवार०४:१९:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार