गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ हुँदै 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ हुँदै 

२०७८, फाल्गुण ३ मंगलवार

  • 1.9K
    SHARES

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ हुँदै 

    काठमाडौँ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी सो कुरा जनाएको हो । 

    उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) ले पाएको छ ।

    एरो थाइको जहाज फागुन ५ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

    गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ ।

    उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

    २०७८, फाल्गुण ३ मंगलवार०५:२१:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार