सुनको मूल्य तोलामा १ हजारले बढ्यो

सुनको मूल्य तोलामा १ हजारले बढ्यो

२०७८, फाल्गुण ५ बिहिवार

  • 933
    SHARES

  • सुनको मूल्य तोलामा १ हजारले बढ्यो

    काठमाडौं । बहुमुल्य पँहेलो धातु सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।

    २०७८, फाल्गुण ५ बिहिवार११:३१:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार