काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
माघ १८ गते मूल्य बढाउँदै पेट्रोलमा १४२ रुपयाँ पुर्याएको निगमले आज पुनः ३ रुपयाँ बढाएको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागुहुने पनि निगमले जनाएको छ ।
यससँगै उपभोक्ताले १ लिटर पेट्रेलका लागि १४५ रुपयाँ तिर्नु पर्ने भएको छ । त्यस्तै डिजेलरमट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ ।
एलपी ग्यासको मूल्य यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।