गाउँपालिकाका दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

गाउँपालिकाका दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

२०७८, फाल्गुण १० मंगलवार

  • 961
    SHARES

  • गाउँपालिकाका दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

    पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत रु छ हजार नगद सहयोग गर्दै आएको हो ।

    गाउँपालिकाले मुटुरोगी २१, मिर्गौलारोगी १९, क्यान्सरपीडित १५ गरी कूल ५५ र अर्थाभावका कारण उपचारमा समस्या भएका विपन्न नागरिक नौ गरी कूल ६४ जनालाई आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

    गाउँपालिकाले विपन्न नागरिक औषधोपचार कोषबाट २३ नागरिकलाई उपचारका लागि सिफारिस गरेको छ ।

    जुन कोषबाट विपन्न परिवारका नागरिकले रु एक लाख बराबरको उपचार सुविधा पाउने स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । प्रदेश सरकारबाट विनियोजन रकमबाट स्वास्थ्य उपचारका लागि एक जनालाई सिफारिस गरिएको छ ।

    गाउँपालिकाभित्रका आठ वडाका मुटु, मिर्गौला र क्यान्सरपीडित बिरामीका उपचारमा सहयोगस्वरूप यातायात खर्च नगद रकम सहयोग प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए ।

    रिब्दीकोट गाउँपालिका अध्यक्ष जिसीले गाउँपालिकाभित्रका वडाका रोगबाट पीडित नागरिकलाई रकम हस्तान्तरण गरिएको बताए ।

    २०७८, फाल्गुण १० मंगलवार०८:५५:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार