प्रतितोला रु ५०० ले घट्यो सुनको मूल्य

प्रतितोला रु ५०० ले घट्यो सुनको मूल्य

२०७८, फाल्गुण ११ बुधवार

  • 1.0K
    SHARES

  • प्रतितोला रु ५०० ले घट्यो सुनको मूल्य

    काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार तोकिएको छ ।

    जसको मूल्य मङ्गलबार प्रतितोला रु ९६ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।

    २०७८, फाल्गुण ११ बुधवार१२:१७:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार