थामिएन नेप्से, परिसूचक ४३.१० अंकले गिरावट

थामिएन नेप्से, परिसूचक ४३.१० अंकले गिरावट

२०७८, फाल्गुण १६ सोमवार

  • 897
    SHARES

  • थामिएन नेप्से, परिसूचक ४३.१० अंकले गिरावट

    काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा भारि गिरावट आएको छ ।

    आइतबार ७.७३ अंकले घटेको नेप्से परिसूचक सोमबार ४३.१० अंकले घटेर २ हजार ६१०.६० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेको छ ।

    सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबार ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकममा सामान्य वृद्धि भएको छ ।

    नेप्सेका १३ उपसमूह राताम्मै भएको छ । जसमा सबै भन्दाबढी जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

    सोमबार तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर कारोबार गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । 

    २०७८, फाल्गुण १६ सोमवार०४:०१:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार