पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १५०

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १५०

२०७८, फाल्गुण २० शुक्रवार

  • 937
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १५०

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । 

    निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ ले वृद्धि गरेको हो ।

    मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १५०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १३३ पुगेको छ । 

    यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । 

    २०७८, फाल्गुण २० शुक्रवार०७:०६:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार