काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले २५ वटा जलविद्युत् आयोजनालाई तत्कालै प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को प्रक्रिया अगाडि बढाउने अनुमति दिन नेपाल धितोपत्र बोर्डसमक्ष माग गरेको छ।
ती कम्पनले आइपिओका लागि धितोपत्र बोर्डमा निवेदन दिएर अनुमति पर्खिरहेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
इप्पानका पदाधिकारीले आइतबार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटेर आइपिओको पाइपलाइनमा रहेका जलविद्युत् कम्पनीलाई अनुमति दिन अनुरोध गरेका हुन् ।
बोर्डले लामो समयसम्म २५ जलविद्युत् कम्पनीलाई सेयर निष्कासन गर्ने अनुमति नदिएपछि इप्पानले बोर्ड अध्यक्षलाई भेटेर दबाब दिएको हो।
इप्पान कार्यसमितिका एक दर्जनभन्दा धेरै सदस्य सहभागी प्रतिनिधिमण्डलले तुरुन्तै आइपिओ अनुमति दिन अनुरोध गरेका हुन्।
इप्पान कार्यसमितिका सदस्य प्र्रकाशचन्द्र दुलालले जलविद्युत् कम्पनीहरूकोआइपिओ सम्बन्धमा बोर्ड अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलविद्युत् आयोजनाहरू गम्भीर रूपमा प्रभावित भएको बताए ।