समता घरेलु लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैँकिङ्ग लिमिटेड नियुक्त

समता घरेलु लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैँकिङ्ग लिमिटेड नियुक्त

२०७८, फाल्गुण २३ सोमवार

  • 953
    SHARES

  • समता घरेलु लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैँकिङ्ग लिमिटेड नियुक्त

    काठमाडौं । समता घरेलु लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैँकिङ्ग लिमिटेड नियुक्त भएको छ । 

    साविक समता लघुवित्त वित्तिय संस्था लि.र साविक घरेलु लघुवित्त वित्तिय संस्था लि.विच शेयर आदान प्रदान दर (SWAP RATIO १००ः८०(समताःघरेलु) कायम हुने गरि गाभिए पश्चात् संस्थाको कुल चुक्ता पुंजि रु.२८,५६,२०,१६० को २० प्रतिशत वोनस पश्चात् कम्पनीको चुक्ता पुंजि रु. ३४,२७,४४,१९२ भएकोले शेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरि जारी हुन बांकि शेयर फर्दर पब्लिक ईस्यु द्धारा सर्वसाधारणमा जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

    सो सम्झौता-पत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. श्री मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बद्रि प्रसाद प्याकुरेलज्यूले हस्ताक्षर गरे ।

    आरविवि मर्चेन्ट बैँकिङ्ग लिमिटेड श्री राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

    २०७८, फाल्गुण २३ सोमवार०८:१९:०७
    प्रतिक्रिया
    सम्बन्धित समाचार