सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

२०७८, फाल्गुण २३ सोमवार

  • 1.0K
    SHARES

  • सुनको मूल्य हालसम्मकै उच्च

    काठमाण्डौ । सुनको मूल्य तोलामा एक लाख तीन हजार रुपैयाँ पुगेको छ ।

    आइतबारको तुलनामा तोलामा ११ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च मूल्यको कीर्तिमानको नजिक पुगेको हो ।

    आज कायम भएको सुनको मूल्य २०७७ साउन २३ गतेयता कै उच्च हो ।  सो दिन एक लाख ३ हजार पाँच सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

    आज तेजावी सुनको मूल्य एक लाख २ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ पुगेको छ । आइतबार एक लाख एक हजार चार सयमा तेजावी र एक हजार ४१५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    २०७८, फाल्गुण २३ सोमवार१२:४४:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार