रुसबाट बाहिरिए कोक र पेप्सी

रुसबाट बाहिरिए कोक र पेप्सी

२०७८, फाल्गुण २५ बुधवार

  • 897
    SHARES

  • रुसबाट बाहिरिए कोक र पेप्सी

    पेयपदार्थ उत्पादक अमेरिकी कम्पनी कोकाकोला र पेप्सीले रुसमा आफ्नो व्यवसाय बन्द गर्ने घोषणा गरेका छन्।

    युक्रेनमा गरेको आक्रमणलाई लिएर प्रमुख व्यवसायिक ब्राण्डहरुले रुसमा आफ्नो उत्पादन तथा बिक्री बन्द गर्ने क्रम जारी छ। प्रमुख अमेरिकी ब्राण्डहरुले रुसी बजारमा आफ्नो सेवा बन्द गर्ने क्रममा कोकाकोला र पेप्सी पनि आएका हुन्।

    कोकाकोलाले मंगलबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘युक्रेनमा भइरहेको दुःखद घटनाबाट प्रभावितहरुप्रति हाम्रो सहानुभूति छ। हामीले निरन्तर परिस्थितिको मूल्यांकन गर्दै जाने छौँ पनि।’

    रुसमा कोकाकोलाका धेरै ‘बोटलिङ प्लान्ट’ छन्। उसले रुसमा आफ्नो सेवा बन्द गर्ने घोषणा गरे पनि योजनाबारे विस्तृत जानकारी भने दिएको छैन।

    यस्तै पेप्सीले आफ्नो ‘सफ्ट ड्रिंक’ को बिक्री रुसमा रोक्ने तथा रुसमा पूँजीगत लगानी पनि नगर्ने घोषणा गरेको छ। पेप्सीले आफ्ना २० हजार रुसी कामदारलाई सहयोग गर्न जारी राख्ने र दूध तथा बालबालिकाका खाद्य सामग्रीको बिक्री भने नरोक्ने बताएको छ।

    कोकाकोला र पेप्सीले आफ्नो सेवा बन्द घोषणा गर्नुपूर्व म्याकडोनल्ड र स्टारबक्सले पनि रुसमा सेवा बन्द गर्ने बताएका थिए।

    अमेरिकी कम्पनीहरुलाई रुसमा आफ्नो सेवा बन्द गर्न सार्वजनिक रुपमा गम्भीर दबाब आइरहेको छ। आर्थिक प्रतिबन्धको चपेटमा आएको रुसमा प्रमुख ब्राण्डहरुको सेवा बन्द हुँदा थप समस्या आउने भएको छ। -एजेन्सी । 

     

    २०७८, फाल्गुण २५ बुधवार०८:२८:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार