काठमाण्डौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु १ लाख २ हजार ६०० पुगेको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु १ लाख २हजारमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार १०० तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु १ लाख एक हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर १क हजार ४१५ पुगेको महासङ्घले जनाएको छ ।
बजारमा यो साता पहिलो कारोबार दिन आइतबार प्रतितोला रु १ लाख १ हजार ९०० मा किनबेच भएको सुन बुधबार भने हालसम्मकै महँगो हुँदै रु १ लाख ५ हजार ५०० पुगेको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८८ डलर आसपास कारोबार भइरहेको छ ।