कस्तो छ आज देशभरको मौसमी प्रणाली ?

कस्तो छ आज देशभरको मौसमी प्रणाली ?

२०७८, फाल्गुण २८ शनिवार

  • 1.1K
    SHARES

  • कस्तो छ आज देशभरको मौसमी प्रणाली ?

    काठमाडौँ । पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली भइ अरु स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा मौसम बदली हुने देखिएको हो ।

    अहिले गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

    शनिबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

    प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति भने देशभर मौसम सामान्यतया सफा रहने छ।

    २०७८, फाल्गुण २८ शनिवार०७:२१:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार