एनपीएलमा रोमाञ्चकता थप्दै प्लेअफः आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

एनपीएलमा रोमाञ्चकता थप्दै प्लेअफः आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

२०८३, कार्तिक २४ सोमवार

  • 181
    SHARES

  • एनपीएलमा रोमाञ्चकता थप्दै प्लेअफः आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । नेपाल क्रिकेट संघ (क्यान) अनुसार आज हुने पहिलो खेल मध्याह्न १२:३० बजे मा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तथा दोस्रो खेल अपराह्न ५:०० बजे काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच हुँदैछ ।

    यी दुई वटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । ‘प्लेअफ’ पुग्ने झिनो आशा बाँकी राख्न पोखराले आज जित्नैपर्ने दबाबमा छ । चार खेल खेल्दा जितविहीन पोखरा अहिले अंक तालिकाको अन्तिममा छ । 

    छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा दुईमा जित र दुईमा हारको सामना गरेको छ । आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने काठमाण्डु गोर्खाज अहिले सानदार लयमा छ । दोस्रो स्थानमा रहेको ऊ आज पनि जित निकालेर शीर्ष स्थानमा उक्लिने योजनामा छ ।

    उता चितवन पनि आफ्नो अपराजित यात्रा जारी राखेर अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । ऊ अहिले चार खेलबाट पाँच अंकका साथ तालिकाको चौथो स्थानमा छ । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपिएलको यस संस्करणमा आठ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

    २०८३, कार्तिक २४ सोमवार०९:४४:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार