आजबाट एनपिएल शुरु, विजेताले डेढ करोड पाउने

आजबाट एनपिएल शुरु, विजेताले डेढ करोड पाउने

२०८३, कार्तिक १० सोमवार

  • 313
    SHARES

  • आजबाट एनपिएल शुरु, विजेताले डेढ करोड पाउने

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजबाट शुरु हुँदैछ । यो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।

    अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि रु ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

    प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रु ८० लाख, तेस्रो हुने टोलीले रु ४० लाख र चौथो स्थानमा रहने टोलीले रु ३० लाख पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिनुभयो ।

    गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै रु एक करोड १० लाख पुरस्कार पाएको थियो । यसपटक विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ ।

    एनपिएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । यसपटक पनि प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहनेछ ।

    २०८३, कार्तिक १० सोमवार०७:२१:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार