ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला निर्वाचित

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला निर्वाचित

२०८३, कार्तिक १० सोमवार

  • 229
    SHARES

  • ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला निर्वाचित

    काठमाडौँ । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन् ।

    पहिलो चरणमा पछि परेका ८० वर्षीय लुलाले दोस्रो चरणको निर्वाचनमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् । बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् ।

    ब्राजिलको निर्वाचन कार्यालयका अनुसार लुलाले ५१.८ प्रतिशत र बोल्सोनारोले ४८.२ प्रतिशत सदर मत प्राप्त गरेका छन् । यससँगै सन् २०२७ देखि २०३० सम्म लुलाले ब्राजिलको नेतृत्व गर्नेछन् ।

    पहिलो चरणको निर्वाचनमा लुलाभन्दा बोल्सोनारो अगाडि थिए । तर दोस्रो चरणमा लुलाले पुनरागमन जित हासिल गरेका हुन् ।

    लुलाको विजयसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गर्दै आएको ल्याटिन अमेरिकी राजनीतिमा दक्षिणपन्थी प्रभाव विस्तारको प्रयासलाई धक्का लागेको छ ।

    यद्यपि, नयाँ कार्यकालमा लुलाले संसदमा बोल्सोनारोको लिबरल पार्टीको बलियो उपस्थितिसँगै सार्वजनिक ऋण नियन्त्रण र आर्थिक स्थायित्व कायम गर्ने चुनौती सामना गर्नुपर्नेछ । -एजेन्सी । 

    २०८३, कार्तिक १० सोमवार०७:३२:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार