पश्चिमी न्यून चापीय प्रणालीका कारण पहाडी भू-भागमा आंशिक बदली

पश्चिमी न्यून चापीय प्रणालीका कारण पहाडी भू-भागमा आंशिक बदली

२०७८, फाल्गुण २९ आइतवार

  • 817
    SHARES

  • पश्चिमी न्यून चापीय प्रणालीका कारण पहाडी भू-भागमा आंशिक बदली

    काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशको पूर्वी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। मङ्गलवार पनि देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

    २०७८, फाल्गुण २९ आइतवार०७:०६:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार