घट्दै सुनको भाउ, प्रतितोला ९९ हजार ३०० रुपैयाँ

घट्दै सुनको भाउ, प्रतितोला ९९ हजार ३०० रुपैयाँ

२०७८, चैत्र २ बुधवार

  • 893
    SHARES

  • घट्दै सुनको भाउ,  प्रतितोला ९९ हजार ३०० रुपैयाँ

    काठमाण्डौ । बुधबार सुनको भाउ तोलामा १२०० रुपैयाँले घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार पनि सुनको भाउ तोलामा १८०० रुपैयाँले घटेको थियो ।

    मंगलबार छापावाल सुनको भाउ १ लाख ३०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो ।

    बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १३७० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको थियो ।

    २०७८, चैत्र २ बुधवार११:३९:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार